सन्दीपले भने, ‘२० गते नेपाल आइपुग्छु’

१५ असोज,एजेन्सी ।
सानो उमेर र छोटो अवधिमा अन्तर्राष्ट्रिय जगतमा चम्किएका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने यतिखेर इन्टरपोलको खोजीमा छन् । उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ । क्यारेवियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज पुगेको बेला उनीमाथि यो आरोप लागेको हो ।

आरोप लागेपछि आफू निर्दोश रहेको र छिटै नेपाल आएर त्यसको प्रतिवाद गर्ने सामाजिक संजाल मार्फत उनले जनाएका थिए । तर संदीप अहिलेसम्म फर्किएका छैनन् । नेपाल नफर्किएपछि लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ ।

यससँगै उनी चाडै प्रक्राउ पर्ने सम्भावना रहेकाबीच संदीपले भने पुन सामाजिक संजालमार्फत आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । उनले आफू नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने पनि बताएका छन् ।

उनले लेखेका छन्,‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहो¥याउँछु । सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु । मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु । मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।’

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा आफूलाई बलात्कार गरको भन्दै जाहेरी दिएकी थिइन् । त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो। निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेको सम्झौता रद्द भएको थियो । सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए ।

तर त्यसपछि लामो समय सम्पर्कविहीन भएका लामिछानेले लामो समयपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किने बताएका थिए । तर यसअघि पनि छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top