विराटनगरमा मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगरमा मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय स्थापना

२० असोज , विराटनगर ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मोरङ जिल्लामा रहेका प्रतिनिधि सभाको ६ वटा निर्वाचन क्षेत्र मध्येको निर्वाचन क्षेत्र नं. ५ को कार्यालय बिहीबार स्थापना गरिएको छ ।

विराटनगरस्थित सुनसरी मोरङ सिचाइँ आयोजनाको कार्यालय विराटनगर १३ मा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । निर्वाचन आयोगले क्षेत्र नम्बर ५ मा निर्वाचन अधिकृत रुपमा गणेश नायकलाई खटाइएको छ । कार्यालयले क्षेत्र नं. ५को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको लागि २३ गते मनोनय दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम पनि आजै प्रकाशन गरेको छ ।

क्षेत्र नं. ५ मा ११५ वटा मतदान केन्द्र रहेका छन भन्ने यस क्षेत्रले जहदा गाउँपालिका सबै वडाहरु,धनपालथान गाउँपालिकाको सबै वडाहरु, रंगेली नगरपालिकाको ४–७, विराटनगर महानगरपालिको १३ र १८ नम्बर वडा समेटेको छ । यस निर्वाचन क्षेत्रमा जम्मा मतदाता एक लाख ४ सय ९४ जना मतदाता रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.