भोजपुर : नेपाल सरकारले भुकम्प पीडितलाई घर निर्माण गर्नका लागि तीन किस्ता झिक्न मिल्ने गरी ३ लाख अनुदान दिएको छ ।भुकम्प गएको डेढ वर्ष बितिसक्दा पनि भोजपुरमा तेस्रो किस्ता निकासीको लागि कुनै सिफारिस परेको छैन ।
जिल्लाबाट पहिलो किस्ताबापत १ लाख रुपैँया ५ हजार तीन सय जना भुकम्प पीडितले लिएका थिए ।त्यसपछि दोस्रो किस्ता १ लाख ५० हजार रुपैँया १ हजार ४ सय ४९ जना भुकम्पपीडितले लिएका छन् तर तेस्रो किस्ता १ लाखका लागि भने सिफारिस नआएको जिल्ला पुन ः निर्माण समन्वय ईकाई भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ