×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

माओवादीबाट बाबुरामले लिए ६ सिट/छोरी प्रत्यक्ष, बुहारी समानुपातिकमा

२५ आश्विन २०७९

२५ असोज, काठमाण्डौ ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ ।

सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ । माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महिन्द्र राय यादव सर्लाही–२ र मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट उम्मेदवार बनेकी छन् ।

Advertisement
Advertisement

त्यस्तै प्रदेशतर्फ गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणिन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) रहेका छन् । यी उम्मेदवार गठबन्धनका साझा उम्मेदवार हुन् । समानुपातिकतर्फ बाबुरामकी भाइबुहारी दुर्गादेवी न्यौपाने भट्टराई, ईश्वर रिजाल, उमरावतीदेवी यादव र दुर्गा सोव छन् ।

सोब र न्यौपाने आआफ्नो क्लस्टरको माथिल्लो नम्बरमा रहेकाले उनीहरु सांसद हुने लगभग निश्चित छ । यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन् । उनले जित्दै आएको गोरखा २ बाट यसपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मैदानमा उत्रिएका छन् । बाबुरामले छोरी मानुषीकै लागि त्याग गरेको चर्चा चलेको छ, तर बाबुरामले त्यसलाई नकारेका छन् ।

Advertisement

यस्तै उनले आफूले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक प्रचण्ड प्रत्यासी बन्ने निर्णयको आफूले अन्तर्हृदयैदेखि स्वागत गरेको बताएका छन् । मनोनयन दर्ता गर्न पनि उनी प्रचण्डसंगै गोरखा पुगेका थिए । यसअघि चितवन ३ बाट चुनाव लड्ने बताउँदै आएका प्रचण्ड भने चितवनमा पराजित हुन् सक्ने संशय र बाबुरामको चुनाव नलड्ने घोषणा पछि उनकै क्षेत्र गोरखा २ मा पुगेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top