×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पञ्चेबाजा बजाएपछि फसे प्रचण्ड

२७ आश्विन २०७९

२७ असोज, काठमाण्डौ ।
गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । आयोगले प्रचण्डलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । प्रचण्डलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।

Advertisement
Advertisement

‘यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा एकको खण्ड ण को व्यवस्थाको उल्लघनमा किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टिकरण गर्नहुन निर्णयानुसार अनुरोध गरिन्छ’, आयोगले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

चितवन ३ बाट चुनाव लड्ने बताउँदै आएका प्रचण्ड अन्तिम समयमा गोरखा २ बाट चुनाव लड्ने निर्णय गर्दै मनोनयन दर्ता गर्न पुगेका थिए । गोरखा २ का निर्वतमान सांसद तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजीका साथमा मनोनयन गर्न गोरखा पुगेका प्रचण्डको मनोनयनमा पञ्चेबाजाको प्रयोग भएको थियो ।

यसैबीच निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लिएर मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई कारबाही गर्ने भएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै मत सर्वेक्षण र प्रकाशित गरे कारबाही गर्ने चेतावनी दिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता २०७९ लागु भइसकेकाले आचारसंहिताविपरीत कार्य नगर्न आयोगले भनेको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

‘कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ’, आयोगले विज्ञप्तिमा भनेको छ, ‘उपरोक्त व्यवस्थाहरुविपरीत कोही कसैले कार्य गरेमा कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

Advertisement

आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको आयोग स्मरण गराएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top