विराटनगर,भदौ ९
इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा नेपाल अहिलेसम्म पदकविहिन रहेको छ । आज काँस्य पदकका लागि भएको खेलमा कराँतेकी चन्चला दनुवारले एकल काँता तर्फ थाइल्याण्डकि तारात्तानाकुल मोनिशासँग ५–० ले पराजित भएपछि नेपालको खाता खुल्न सकेन । । ३१ वर्षीय चन्चलाले थाई प्रतिद्वन्द्वी मोनिशासँग ५–० ले पराजित भएकी हुन् ।
प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५–० ले पराजित भएपनि चन्चलाले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी थिइन् । उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई ३–२ ले पराजित गर्दै पदकको आशा दिलाएकी थिइन् । ३१ वर्षीय चन्चलाले थाई प्रतिद्वन्द्वी मोनिशासँग ५–० ले पराजित भइन् ।
पदकविहीन यात्रामा रहेको नेपालका लागि पदकको आशा गरिएका उसु र तेक्वान्दो खाली हात फर्केपछि खालि हात हुने डर बढेको छ । आजबाट सुुरु भएको कराँते खेलमा पुरुष एकल काँतातर्फ नेपालका परशुराम बास्तोला पहिलो चरणमा कतारका हाशेम आधामसँग ५–० ले पराजित भए ।