काठमाडौं,भदौ ९
निजी लगानीमा राजधानीको कमलादीमा २ अर्ब लागतमा २५ तल्ले शिसाको स्काईवाक टावर निर्माण हुने भएको छ । वन्डर्स नेपाल प्राइभेट लिमिटेडले कमलादीको १३.२ रोपनी क्षेत्रफलमा शिसाको टावरको निर्माण गर्न लागेको हो । शिसाको टावर बनाउन कम्पनीले सरकारसंग २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ ।
टावर दक्षिण एशियामै पहिलो पटक निर्माण हुने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको लगानीमा बन्ने सिसाको टावर ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ ।
कम्पनीले टावर निर्माणका लागि ३ वर्ष अघिदेखि विभिन्न १० स्थानमा अध्ययन गर्दै आएको थियो । राष्ट्रकै गौरवशाली योजनामध्येको एक योजनामा सम्पुर्ण विकास प्रेमी नेपालीहरुलाई यो योजनाना निर्माण पश्चात सगरमाथा अनि बुद्धको स्काईवाल्क टावरले पनि नेपालको परिचय थप फराकिलो बनाउने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।
पोखरेलका अनुसार आयोजनाको वातावरण प्रभाव मूल्याङकन छिट्टै शुरु हुनेछ । टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन् ।शिसाको टावरमा पार्किङ, हेल्थ क्लव, रेष्टुरेण्ट, स्वीमिङ पूल, एयर रेष्टुरेन्ट, पसल र एयर क्वल सञ्चालन हुने उनले जानकारी दिए ।(विकास न्युजबाट)