×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज

१२ कार्तिक २०७९

१२ कात्तिक , एजेन्सी ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ । ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाईएको थियो । नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउण्ड जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।

नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । यससंगै पिएसजीका ब्राजिलियन स्टार नेयमारको संभावित जेल यात्रा रोकिएको छ ।

Advertisement
Advertisement

२०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित हुँदा उनले वास्तविक ट्रान्सफर मूल्य लुकाएर भ्रष्टचार गरेको भन्दै उजुरी परेको थियो । नेयमार १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए । तर, खुलाईएको रकम भन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ ।

उनीमाथि २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउण्ड बिगो दावी गरिएको थियो । नेमारविरुद्ध मुद्दामा दुई हप्ता सुनुवाइ भएको थियो । जहाँ अभियोजनकर्ताले नेयमार विरुद्ध २ वर्षको जेल सजाय हुनुपर्ने माग गरेका थिए । आगामी महिना कतारमा हुने विश्वकप फुटबलमा ब्राजिलको कप्तानी गर्ने तयारीमा रहेका नेमारसँगै उनका बुबाआमा विरुद्धको पनि लामो जेल सजायको माग गरिएको थियो ।

तर दुई सातापछि मुद्दा फैसला हुने तय भएको अवस्थामा उनले भ्रष्टाचार गरेको भन्ने पर्याप्त प्रमाणको अभाव भएको भन्दै मुद्दा दायरकर्ता यु–टर्न हुँदै मुद्दा फिर्ता लिएका थिए । न्यायाधीशसमक्ष उनीहरूले अपराध गरेको पर्याप्त सबुत नभएका कारण मुद्दा फिर्ता लिने निर्णय गरेको बताएका थिए ।

यद्यपि यो मामिलाको अन्त भएको भनेर मान्न भने नसकिने जनाइएको छ । किनकि अभियोजनकर्ताले एक ब्राजिलियन खेलमा लगानी गर्दै आएको कम्पनीसँगको समन्वयमा संयुक्त उजुरी गरेका कारण कम्पनीले लाखौँ डलर नोक्सानीका लागि पुनः अदालत जान सक्ने संभावना रहेको जनाइएको छ ।

Advertisement

अदालतमा नेयमारले भने आफू निर्दोष रहेको बताउँदै आएका थिए । उनले आफ्नो ट्रान्सफरको सम्पूर्ण अधिकार बुबामा रहेको भन्दै आफूलाई जुन डकुमेन्टमा साइन गर्न भनियो त्यसमा मात्र गरेको बताएका थिए । अदालतमा बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । नेयमार २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आवद्ध भएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top