निर्मला हत्या प्रकरण : अम्बाको बोट काटियो, रातभरी पानी पर्दा किताब भिजेन !

निर्मला हत्या प्रकरण : अम्बाको बोट काटियो, रातभरी पानी पर्दा किताब भिजेन !

निर्मलाको मृत शरीर उखुबारीमा फेला पर्याे । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । त्यहाँ उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक पनि सँगै भेटियो तर, घटना भएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिजेको छैन ।मृत भेटिएकी निर्मलाको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ?

कतै पुस्तक पछि लगेर फालिएको त होइन ? यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मचुुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो ।

यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो ।त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।,यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.