एजेन्सी, भदौ १०
आइसिसि विश्व कप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउने भएको छ । दुबई बाट शुरु हुने उक्त ट्रफी टुर नौ महिनामा बिश्वका २१ देश र ६० वटा शहर परिक्रमा गर्ने छ ।
सन २०१८ को अगस्त २७ मा अन्तर्रा्ष्ट्रिय क्रीकेट परिषद (आइसिसि)को दुबई स्थित मुख्य कार्यालय बाट सुरु हुने यात्रा इङ्ल्यान्डको लर्डस क्रीकेट मैदानमा २०१९ जुलाई १४ मा पुगेर सकिने छ ।
उक्त नौ महिना लामो भ्रमणमा नेपाल सँगै अमेरिका, जर्मनी लगायत बिश्व कप खेल्ने राष्ट्रको परिक्रमा गर्ने आईसीसीले बताएको छ । नेपालमा भने सो ट्रफी पहिलो पटक भित्रन लागेको हो । आइसिसिले नेपालमा देखेको क्रीकेटको लोकप्रियतालाई मध्य नजर गर्दै सो ट्रफी २०१८ को अक्टुबर २७ देखी २९ का बिचमा काठमाडौं ल्याउने भएको छ ।
सो ट्रफी ओमान, वेस्ट इन्डिज, श्रील्ंका, पाकिस्तान, बाङ्लादेश, भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स्, बेलजियम, नेदरल्यान्ड्स आदी देशहरुमा पनि लगिने छ ।