झाँक्रीले अगुल्टो झोस्दा रर्यापर को मुख डढ्यो

२५ कात्तिक ७९, शुक्रबार
Share this
747shares

२५ कात्तिक, काठमाण्डौ ।
हामी एक्काइशौं शताब्दीमा छौं । ज्ञानविज्ञानले धेरै फड्को मारिसकेको छ । चन्द्र धरातलसम्म मानिस पुगेर मंगलमा बस्ती बसाउने देखि अन्तरिक्षमा पर्यटक घुमाउने अभियान सुरु भईसकेको छ । अझ चिकित्सकीय क्षेत्रमा समेत कयौ चमत्कारी कामहरु भईरहेका छन् ।

Advertisement

यस्तो अवस्थामा हाम्रो नेपाली समाज भने अझै अन्धविश्वासको जालो भित्र जेलिएको पछिल्लो एक घटनाले थप पुष्टि गरेको छ । नवलपरासीको कावासोतीमा गत साता भएको एक अन्धविश्वासको घटनाले नेपाली हिपहप संगीत क्षेत्र स्तब्ध बनेको छ । उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित ¥यापरलाई न्याय दिनुपर्ने चौतर्फी माग उठेको छ ।

टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी रर्यापर  हप्याकले चिनिने मिलनजंग कुँवरलाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।उक्त रियालिटी शोले शुक्रबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा रर्यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।

Advertisement

यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित रर्यापरलाई उपचार गर्नुपर्ने माग गदै नेपहपको श्रीपेचको टोली त्यसतर्फ लागेको छ । ‘यथार्थ बुझेपछि हामीले दोषीलाई कारवाही गर्न प्रहरीमा उजुरी दिनेछौं,’ निर्माता सुदीप पोखरेलले भनेका छन् ।पोखरेलका अनुसार उक्त घटनापछि रर्यापर  हप्याक बोल्ने अवस्थामा छैनन् ।

उनको मुख डढेको छ । प्रहरीमा उजुरी दिन ढिलाइ भएको भन्दै रियालिटी शोले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दबाब दिने जनाएको छ ।सामाजिक सञ्जालमा समेत पीडितलाई न्याय दिनुपर्ने माग उठिरहेको छ । साथै, दोषीलाई कारवाही गर्नुपर्ने माग हिपहप संगीत क्षेत्रले गरेको छ । नेपहपको श्रीपेचमा रर्यापर  हप्याक आफ्नो गायन शैलीबाट चर्चित थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top