×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्री कार्कीलाई आँच्छु आँच्छु बनाउने कुसियैत को हुन् ?

१५ मंसिर २०७९

१५ मंसिर, विराटनगर ।
गणनाका क्रममा विवाद भएपछि लामो समय रोकिएको तर निर्वाचन आयोगले मतगणना जारी राख्न दिएको निर्देशन पछि ढिलो गरी सुरु भएको सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की झिनो मतान्तरले विजयी भएका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ । भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराएका थिए ।

Advertisement
Advertisement

७४ मा कार्कीको ३२हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए । अघिल्लो निर्वाचनमा जस्तो यो निर्वाचनमा कार्कीलाई सहज भएन । १३५८ मत गन्न बाँकी हुँदा उनी ८२ मतले पछाडि परेका थिए । त्यो स्थितिलाई उल्टाएर उनले लगातार अग्रता कायम राखे । सुनसरी– ४ नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ ।

यस क्षेत्रबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि पटकपटक सत्तामा पुगेका उपेन्द्र यादवसमेत यो क्षेत्रबाट जितेर गएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र र २०५६ सालमा यहीँबाट चुनाव जितेका थिए । वाम गठबन्धन हुँदा २०७४ मै सुनसरीमा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको थियो । जिल्लाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा आफ्ना उम्मेदवार भएको कांग्रेसका सबै उमेद्वारले जितेका थिए ।

अचानक भोजपुरबाट सुनसरी झरेर जितेका कार्कीलाई यो चुनाव झनै सजिलो हुने धेरैको तर्क थियो । पहिले काम नगरी चुनाव लड्दा जितेकोमा अहिले काम गरेको र साथमा पाँचदलीय सत्तागठबन्धनको साथ भएकोले उनको जित निश्चित हुने धेरैको तर्क थियो । तर, नतिजा हेर्दा यो आँकलन फेल खायो । कार्कीले सकसपूर्ण रूपमा जित हात पारे । कार्कीलाई एमाले नेता जगदीशप्रसाद कुसियैतले कडा टक्कर दिएका छन् ।

देउवाका विश्वासपात्र बहालवाला संघीय मन्त्रीसँग चुनाव लडेका कुसियैत प्रदेश १ का पूर्वमन्त्री हुन् । उनी २०५१ सालको मध्यावधि चुनावमा सुनसरी क्षेत्र नम्बर ५ मा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । २०५३ को उपनिर्वाचनमा भने विजयी बने । उनले कांग्रेसका हरि सापकोटालाई हराएका थिए ।

मोरङ १ र सुनसरी ५ उठेका गरिजाप्रसाद कोइरालाले दुवै क्षेत्रमा जितेपछि सुनसरी ५ छाडेका थिए । त्यही क्षेत्रमा गरिएको उपचुनावमा कुसियैतले जित निकालेका थिए । २०५६ मा सप्तरी र २०७० मा सुनसरीमा चुनाव लड्दा भने जगदीश पराजित भए । २०७४ को चुनाव जितेर उनी साढे ३ वर्ष प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बने । उनी सनुसरी जिल्ला इन्चार्जसमेत हुन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top