खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला

१५ मंसिर ७९, शुक्रबार

१६ मंसिर , काठमाडौं ।

Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन्।शुक्रबार दिउँसो धुलिखेल नगरपालिका ७ स्थित कार्यालय भवनको चौथो तलाको छतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।अन्दाजी ५० वर्षीय उनी लमजुङ घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका थिए।

बिहान अफिस आएका उनी करिब ११ बजेतिर छतमा भएको ट्रसमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। के कारणले घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।मृतकका आफन्त आएसँगै घटनाको मुचुल्का लगायतका कामहरू अघि बढाएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top