निर्वाचन परिणामले निराशा चिर्दै जनतामाझ आशा स्थापित गरेको छ : सिके राउत

१७मंसिर, काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष (चन्द्रकान्त) सिके राउतले निर्वाचन परिणामले निराशा चिर्दै जनतामाझ आशा स्थापित गरेको बताएका छन्।काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले जनतामा थोरै भए पनि आशा जगाउने काम गरेको बताए।

‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो। तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ,’ उनले भने। अब आफूले पनि जनतामा आशा जगाउन काम गर्ने प्रतिबद्धता राउतले व्यक्त गरेका छन्।

Advertisement

मलाई जिताएर सप्तरीका जनताले आशा जगाउने काम गर्नुभएको छ। म पनि विदेशमा रहेका नेपालीहरूलाई मुलुकप्रति आशा जगाउने काम गर्नेछु। तपाईंहरूको मतको पूर्ण सदुपयोग भएको आभाष दिलाउनेछु, राउतले भने।

निर्वाचनपछि पार्टीको नयाँ यात्रा सुरू भएको बताए।सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top