रोल्पामा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

रोल्पामा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

१७ मंसिर , काठमाडौं ।

रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु१ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवरको घटनास्थलमै मृत्यु भएको हो ।साथै दुर्घटनामा गम्भीर घाइते भएका मृतकको ११ वर्षीय छोरालाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.