×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पश्चिम नवलपरासीमा ४ बिघा ८ कट्ठा उखु खेतीमा आगलागी

१८ मंसिर २०७९

१८ मंसिर,काठमाण्डौ ।
पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ । आज आइतवार प्रतापपुर गाउँपालिका ५ को बेतहानीमा दिउँसो २ बजेतिर आगलागी हुँदा सात जना किसानको खेतमा काट्न तयार रहेको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

Advertisement

आगलागीले बेतहानी गाउँको पश्चिमतर्फको क्षेत्रमा रहेको बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लोनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीको खेतको उखुमा क्षति पुगेको छ । चार बिघा आठ कट्ठा क्षेत्रको उखु नष्ट हुँदा १२ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।उखुबारीमा लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top