कञ्चनपुरमा हात्तीको आक्रमणबाट दाउरा खोज्न जंगल गएकी महिलाको मृत्यु

२० मंसिर ७९, बुधबार

२१ मंसिर,काठमाण्डौ ।

कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुगेकी थिइन्। उनी साँझसम्म पनि घर नफर्केपछि खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top