२२ मंसिर, एजेन्सी ।
चिनियाँ राष्ट्रपति सि जिंग पिंग आउदी अरबको राजकीय भ्रमणका क्रममा रहेका छन् । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा उनी बुधबार अपराह्न रियाद आएका थिए । चीनका राष्ट्राध्यक्ष सीले चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिनृे छन् ।
समिटको नेतृत्व साउदी राजा सलमानले गर्ने छन् । सम्मेलनमा राजकुमार मोहम्मद विन सलमान सहभागी हुँदैछन् । यी सम्मेलनहरुमा अरब राष्ट्रका राष्ट्र प्रमुखसमेत सहभागी हुँदैछन् । राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो ।
त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए । तीनदिने भ्रमणका क्रममा सीले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतातिका रहेको चिनियाँ सञ्चार माध्ययमले जनाएका छन् ।
यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरूसँग पनि छलफल गर्ने बीबीसीमा उल्लेख छ । धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग सीको भेटले वैदेशिक व्यपार ऊर्जा नीति लगायतका बारेमा कुराकानी हुनसक्ने जनाइएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । सीको यो भ्रमणलाई अमेरिका लागायत पश्चिमा राष्ट्रले महत्वका साथ हेरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलले साउदीसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको बेला सीको यो भ्रमण थप कौतुहल्तापूर्ण बनेको छ ।