NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी मङ्लबार कार्तिक ११ , २०८२
मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’ मङ्लबार कार्तिक ११ , २०८२
ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट मङ्लबार कार्तिक ११ , २०८२
Next
Prev

समाचार

बाबुरामदेखि श्रृंखलासम्मले गरे बालेनको आलोचना

शनिबार मंसिर २४ , २०७९
Reading Time: 1 min read
A A
बाबुरामदेखि श्रृंखलासम्मले गरे बालेनको आलोचना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ मंसिर,काठमाण्डौ ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै छ । दिवसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गरेकी छिन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रबिन्दुमा राख्दै कार्य गर्दै आइएको बताएका छन् । मानव अधिकारसँग प्रत्यक्ष जोडिएका उत्पादन, रोजगारी, क्षमता विकास र सेवा प्रवाहसम्बन्धी सबै कार्यक्रमहरू सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको समन्वयमा कार्यान्वयन भइरहेको उनको भनाई छ ।

तर दिवस मनाइरहँदा संघीय राजधानी काठमाडौंमै मानव अधिकार उल्लंघन भइरहेको भन्दै यतिबेला सामाजिक संजालमा आक्रोस पोखिएको छ । खासगरि काठमाडौं महानगरले पछिल्लो पटक शहर ब्यवस्थित गराउँने भन्दै सडकमा तरकारी, फलफूल बेच्नेहरुको ठेला जफथ गर्ने, ठेलामा ब्यापार गरेर परिवारको गुजारा चलाउने न्यून आय भएकामाथि छिनाझप्टी, लौरो बर्साउन थालेको भन्दै विरोध सुरु भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा अनि मानव अधिकार दिवसको पूर्वसन्ध्यामा संघीय राजधानीमै महिला तथा ठेला व्यापारीहरुले बलिन्द्र धारा बगाएका छन्, ठेला नै एकमात्र गरिखाने आधार भएको भन्दै त्यो नखोस्न विलौना र अनुनय गरेका भिडियोहरु भाइरल बनेका छन् ।

यिनै भिडियोहरु सेयर गर्दै यतिबेला काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई प्रश्न र आरोपको ओइरो लागेको छ । चुनाव ताका गरिबको चमेली बोल्दिने कोही छैन भन्दै ¥याप गाएर विद्यमान व्यवस्था, खराब नीति फेर्ने र गरिबको लागि पनि बोल्ने भन्दै काठमाडौंबासीका अपार माया र मत बटुलेका बालेन यतिबेला काठमाडौंबासीसंगै देशैभरबाट आलोचनाले घेरिएका छन् ।

काठमाडौंलाई धनीको शहरका रुपमा मात्रै बुझेको र यहाँ रहेका न्यून आय भएका, सहरिया गरिब प्रति बालेन तीब्र रुपमा अनुदार बन्दै गएको भन्दै उनीमाथि आरोप लागेको छ । सडकमा ठेलामा तरकारी फलफूल बेचेर गुजारा गर्ने महिला, जेष्ठ नागरिकलाई समेत नगरप्रहरीले खेदी–खेदी लखेटेको, उनीहरुको सामान र ठेला जफत गरेको र पीडितहरुले बिलौना गरेको भिडियोहरु सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

सो भिडियो हेरेपछि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले महानगरले चाहिने भन्दा बढी ज्यादती गरेको भनेर आफ्नो टिप्पणी प्रकट गरेका छन् । काठमाडौं महानगर अन्तर्गतका सडक किनारा, शहरका खुला स्थान वा ठेलागाढामा तरकारी, फलफूल, चटपटे लगायतका थोरै लगानीको व्यापार गरेर दैनिक रोजीरोटीको गुजारा गर्नेहरुमाथि धरपकट, सामान जफत लगायतका घटनामा बृद्धि हुन थालेपछि राजनीतिक दलका नेता तथा नागरिक स्तरबाट महानगरपालिकाको कार्यशैलीमाथि तीखो टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका छन् । बालेन्द्र शाह मेयर भएयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रको खोजी गर्दै अतिक्रमण भए हटाउने अभियान नै सञ्चालन गरिरहेको छ ।

यस क्रममा सबैभन्दा मारमा फुटपाथ व्यवसायी परेका छन् । काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनःस्थापना यसको समाधान भएको सुझाव दिएका छन्।

लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, Urban&Regional Development Planning को विद्यार्थीको नाताले भन्छु – सहरीकरण, अनौपचारिक श्रम÷अर्थतन्त्र,धनी÷गरिबको विभेदीकरण संक्रमणकालीन समाज÷अर्थतन्त्रको संरचनात्मक समस्या हो।

यसको दिगो समाधान लाठी÷बन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र विस्फोट हुन्छ। चेतना भया!’ केही दिनअघि थापाथलीस्थित बागमती किनारका सुकुमवासी बस्ती डोजर लगाएर खाली गराउन खोज्दा पनि स्थानीयले हतियारसहित प्रतिकार गरेका थिए । भट्टराईको भनाइलाई समर्थन गर्दै पूर्व मिस नेपाल शृङ्खला खतिवडा पनि यस्तो ज्यादतीले समाधान नहुने भन्दै अनौपचारिक क्षेत्रबिना शहर चल्न नसक्ने बताएकी छिन् ।

उनले ठेलाको व्यापार भन्दा शहरको सुन्दरता प्यारो भएको हो ? भोली त्यही ठेला नआउँदा तरकारी के किन्छौँ ? भन्दै खतिवडाले प्रश्न गरेकी छिन् । उनले भनेकी छिन–‘के हामीलाई शहरको “सुन्दरता” त्यति धेरै प्यारो भयो कि ठेलाको ब्यापार पनि देख्न सकेनौ ? भोली त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौ ? अनौपचारिक छेत्रबिना अहिले नै शहर चल्न सक्दैन । कि त ठाउँ दिनु पर्यो, यस्तो ज्यजतीले केही समाधान हुँदैन है ।’

यस्तै गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ कि उम्मेदवार रहेकी रञ्जु दर्शनाले पनि व्यङ्ग्य गर्दै भनेकी छिन–‘काठमाडौंमा कुनै समय सबैले सपना देख्न पाउँथे अब काठमाडौंमा सुकिला–मुकिला मात्रै प्रवेश भनेर यो पालिकाको सिमामा टाँसीदिनुस ।

’ यस्तै प्राध्यापक एवं लेखक संजीव उप्रेतीले प्रश्न गरेका छन–‘के गरीबको बाँच्ने अधिकार छैन यस शहरमा ? गरिबको सफाया गरेर शहरलाई सुन्दर बनाउने ? त्यो सुन्दरता कसका लागी हो ? मानवीय समवेदना मरेको शहर कसरी सुन्दर हुन्छ ? सुन्दरताको बुझाइ कस्तो हो ?’ सामाजिक सञ्जालमा यसरी महानगरको गतिविधिप्रति तीब्र असन्तुष्टि प्रकट भइरहेका बेला नगर प्रमुख शाहले भने यसबारे कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् ।

Tags: #बालेनको आलोचना

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२

विचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल
ताजा समाचार

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’
अन्तर्राष्ट्रिय

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.