रास्वपाले निर्वाचन आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम

रास्वपाले निर्वाचन आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम

२४ मंसिर,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका सांसदहरुको छनोट गरेको छ । समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त रास्वपाले १३ जना सांसद पाएको छ । सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो ।

शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । जस अनुसार:
दलिततर्फ =सन्तोष परियार, शिव नेपाली ।
जनजातितर्फ =ढाका कुमार श्रेष्ठ ,इन्दिरा रानामगर, सुमना श्रेष्ठ।
खसआर्यतर्फ = चन्दा कार्की,डोलप्रसाद अर्याल,निशा डाँगी,विनिता कठायत ।

मधेसीतर्फ =लक्ष्मी तिवारी, मनिष झा
थारुतर्फ = अशोक चौधरी
मुस्लिमतर्फ= अशिम साह को नाम रास्वपाले पठाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.