×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकप रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको मृत्यु

२४ मंसिर २०७९

२४ मंसिर,एजेन्सी ।
कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाह्लको हृदयघातबाट मृत्यु भएको छ । लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्यान्डबीच भएको क्वाटरफाइनल म्याचको रिपोर्टिङ गरिरहेका ४९ वर्षीय पत्रकार वलको हृदयघातबाट मृत्यु भएको द गार्डियनले जनाएको छ ।

उनी सिबिएस स्पोर्टसमा काम गर्थे । यूए सकरले पनि शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको शुक्रबार निधन भएको जनाएको छ । स्टेडियममा रहेको प्रेस बक्समा बसेर काम गरिरहेका उनी खेलको अतिरिक्त समयमा एक्कासी ढलेका थिए । वरिपरि रहेका पत्रकारले देखेपछि चिकित्सकको टोलीलाई बोलाइएको थियो ।

Advertisement
Advertisement

चिकित्सकले २० मिनेट सम्म सिपिआर दिएको थियो । गत सोमबार मात्रै वाह्लले आफ्नो स्वास्थ्यमा असहज महसुस भएपछि चेकअप गराउन गएको पनि बताएका थिए । विश्वकपका लागि रिपोर्टिङ गर्न गएका उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएको थियो ।

कतारको अहम्मद विन अलि स्टेडियममा अमेरिका र वेल्सबीचको खेलका क्रममा उनलाई प्रहरीले समातेको थियो । यौनिक अल्पसंख्यक समुदायप्रति ऐक्यवद्धता जनाउने गरी इन्द्रेणी पहिरन लगाएको अभियोगमा उनी माथि लागेको थियो । उनले अमेरिका र वेल्सबीचको खेलमा आफूलाई प्रवेश नदिइएको पनि बताएका थिए ।

Advertisement

लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय भने अनलाइन प्लेटफर्म ’सबस्ट्याक’ मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए । ग्रान्टले फक्स स्पोर्ट्समा समेत काम गरेका थिए । त्यस्तै उनले ’द बेकह्याम एक्सपेरिमेन्ट’, ’मास्टर्स अफ मोडर्न सकर’ र ’फुटबल २.०’ पुस्तकसमेत लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top