समीक्षालाई चोट दिएको दोहोरी कमला घिमिरेको गीतको आलोचना

२९ मंसिर ७९, शुक्रबार

१ पौष , काठमाण्डौ ।
७ वर्षको उमेरमा लाइभ लोकदोहोरी गाएर चर्चा कमाएकी गायिका कमला घिमिरेको पछिल्लो लाइभ लोकदोहोरी ‘छहारी बजारमा’ विवादमा परेको छ । घिमिरेले गायक सुमन परियारसँग लाइभ दोहोरीको रुपमा गाएको उक्त गीतमा पछिल्लो समयका चर्चित दुई ठूला स्क्यान्डल मसलाको रुपमा प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ ।

Advertisement

५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक संचालमा भाइरल भइरहेका छन् । कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन्, भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् ।

कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिस्कारको माग गरेका छन् । समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको भन्दै गीतको आलोचना समेत भइरहेको छ । केहीले गायिका घिमिरेलाई समीक्षाले भोगेको जस्तो पिडा तिमिलाई नपरोस् भन्दै उनको आलोचना गरेका छन् ।

Advertisement

सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । लोक गायक राजु ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वानले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन ।

डलरको लागि ती कलिला मुनाहरुलाई प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाई हार्दिक श्रद्धाञ्जली ।’ त्यस्तै गायिका जमुनाले गीतका विषयमा गायिका कमलाको आलोचना गरेकी छन् । उनले लेखेकी छन् ‘कमला बहिनी कति छिटो ठूली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।’

Advertisement

अर्का लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् । पल शाह त्यति माथि पुगेको मान्छेले कानुन नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।’

ढकालले यस विषयमा कानुनी उपचार खोज्न समीक्षालाई समेत सुझाएका छन् । स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् भनेर भनेका छन् ।’ लोक दोहोरी गायक रविन लामिछानेले दोहोरी मजाक नभएर हाम्रो संस्कृति भएको भन्दै गीत तर्फ ब्याङ्ग्य गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले किटान गरेर नभने पनि स्टाटस् लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो । संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top