७ पौष,काठमाण्डौ ।
नेपाली चलचित्र ‘चि मुसी चिः भन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।
ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म बनाउन धेरै नै गाह्रो रहेको बताइन । उनले फिल्म धेरै राम्रो भएकाले दर्शकले धेरै मन पराउनेमा विश्वस्त रहेको बताइन । त्यस्तै अभिनेत्री ऋचा शर्माले लामो समय लिएर फिल्म धेरै नै राम्रो बनेको बताइन । उनले सुनकेशरी फिल्म यो फिल्म जस्तो बनाउन खोजेको तर त्यस्तो बन्न पुगेको बताइन ।
त्यस्तै अर्की अभिनेत्री बेनिशा हमालले हरर फिल्ममा काम गर्न धेरै नै गाह्रो भएको बताइन । उनले आफूले यो फिल्ममा काम गर्दा धेरै कुराहरु सिक्न पाएको बताइन । त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले फिल्ममा जस्तै श्रीमतीसँग झगडा गर्दा घरमा कहिलेकाहीँ भुतको रुप देख्न पाइने ठटेंली गरेका छन् । २ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भुतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ ।
आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।
यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । अरुन च्रकवती बिराटनगर को नै हुन ।सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् ।