×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सिके राउतलाई पनि सत्ताको नशा चढ्यो

११ पुष २०७९

११ पौष, काठमाण्डौ ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल (प्रचण्ड)लाई समर्थन गर्ने निर्णय गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता (राजनीति)को पहिलो क्लास (कक्षा)बाट ज्ञान र वितृष्णा दुवैको अनुभव हासिल गरेको टिप्पणी गरेका छन्।

आइतबार दिउँसो सरकार गठनका लागि बैठक चलिरहँदा राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास, भक्तपुरको बालकोट पुगेका थिए। प्रचण्डले बोलाएपछि बालकोट पुगेको बताएका राउतले आफ्नो पार्टीको समर्थन प्रचण्डलाई रहेको जनाउँदै सरकार गठनका लागि राष्ट्रपतिलाई बुझाइएको पत्रमा हस्ताक्षर गरेका थिए।

Advertisement
Advertisement

आइतबार दिनभरका राजनीतिक घटनाक्रमको ‘प्रत्यक्ष साक्षी’ बनेका राउतले राति सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पहिलो क्लासमै धेरै ज्ञान र वितृष्णा पनि अनुभव गरेको बताएका छन्। ‘सत्ताको पहिलो क्लास आज। पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहेँ। काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला। तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।

यसैबीच राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी गरेका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले सो कुरा बताएका हुन् । राउतले नयाँ सरकारमा जाने निर्णय गरेलगत्तै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘जनताले हामीबाट ठुलो आशा गरेका हुन्छन् । खासगरी नयाँ पार्टीहरुमा त्यो आशा बढी नै हुन्छ ।

तर, जुन तरिकाले हामी फस्दै गरेको आभास भैरहेको स्थिति छ त्योप्रति मेरो वितृष्ण जागेको हो । मैले त्यो अभिव्यक्त पनि गरेको हो’, राउतको भनाइ छ । उनले थप भनेका छन् , ‘आशा छ हामी यसबाट कसरी बच्न सक्छौ र जनताको आशालाई कसरी कायम राख्ने भन्नेतिर हाम्रो ध्यान रहनेनैछ ।’

उनले आफुले सकेसम्म जनताको आशाप्रति खरो निर्णयको पक्षमा उभिने निर्णय लिएको पनि बताएका छन् । अध्यक्ष राउतले आफू मन्त्री बन्ने नबन्ने निश्चित नभए पनि पार्टी सरकारमा जाने बताए । उनले प्रदेशमा मुख्यमन्त्रीको दावी रहने भन्दै सल्लाह भइरहेको पनि बताए । “यहाँ मन्त्री बन्ने कि होइन भन्ने बैठकबाट निर्णय हुन्छ ।

Advertisement

म मन्त्री बन्ने कि नबन्ने पार्टीले निर्णय गर्छ,” उनले भनेका छन् । मधेश प्रदेशको मुख्मन्त्रीमा भने पार्टीको दाबी रहने उनले दोहोर्याएका छन् । जनमत पार्टीको संघीय संसदमा ६ जना सांसद रहेका छन् भने मधेस प्रदेशमा जनमत पार्टीका १३ प्रदेश सांसद रहेका छन् । संघीय र प्रदेश सभा निर्वाचनमा सहभागिता जनाएको पहिलो निर्वाचनमा नै जनमत पार्टीले उत्साहजन सिटमा जित हासिल गरेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top