×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

बिम्स्टेकका लागि चिटिक्क राजधानी, पाहुनाको स्वागतका लागि तीनकुनेमा झाँकी

११ भाद्र २०७५

काठमाडौँ, भदौ ११
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् ।पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।

जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुर सहितको बिम्स्टेक राष्ट्रका झण्डाले सजाइएको छ । ती द्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ अर्थात् ‘वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध’ । यस्तै अर्को द्वारमा लेखिएको छ– ‘सगरमाथाको भूमिमा स्वागत छ’ ।

Advertisement

कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर राखिएको छ भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्वीर राखिएको छ । नेपालको विभिन्न क्षेत्रको कला तथा संस्कृति झल्कने तस्वीरले सजाएर राजधानीलाई चिटिक्क बनाइएको छ । सांस्कृतिक नगरी काठमाडौँमा सजाइएका यी र यस्ता दृश्यले आदिकवि भानुभक्त आचार्यकै शब्दमा जस्तै काठमाडौँ ‘अलकापुरी नगरी’ जस्तै बनेको छ ।

यस्तो रङरोगन र स्वागतद्वार निर्माण गर्ने संयोग जुटाइदिएको हो बहुक्षेत्रीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बङ्गालको खाडीको सहयोग (बिम्स्टेक) चौथो शिखर सम्मेलनले । सम्मेलन आउने दुई दिन बाँकी रहँदा काठमाडौँका मुख्य सडक रङ्गीचङ्गी ध्वजा तथा आकर्षक होर्डिङ बोर्डले राजधानीको सौन्दर्यता मात्रै बढाइदिएको छैन, थप रौनकता बढाइदिएको छ ।

बिम्स्टेकको औपचारिक उद्घाटनस्थल सोल्टी होटल, पहुनाको स्वागतका लागि आयोजना हुने रात्रिभोज हुने हायात होटलसम्मको सडकलाई तन्दरुस्त बनाइएको छ । विमानस्थलबाट तीनकुने आइपुग्दा नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदि झल्कने तस्वीरले सजाइएको छ । पोखराको फेवाताल, डोल्पामो शे–फोक्सुण्डो तालदेखि नेपालका प्रशिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको सचित्र झल्काइएको छ ।

नयाँ बानेश्वर हुँदै माइतीघर क्षेत्रमा सडक मर्मत गरिएको छ । जताततै झण्डा फहराइएका छन् । माइतीघर मण्डलाको रङरोगन गरी मण्डलालाई बेहुली झैँ सिँगारिएको छ । झिलिमिली बत्तीको व्यवस्था गरिएको छ । महाराजगञ्जस्थित नारायणगोपाल चोक, राष्ट्रपति कार्यालय नजिक, कान्तिपथ, थापाथली, कालीमाटी, सोल्टीमोड, कलङ्कीलगायत स्थानमा आकर्षक द्वार बनाइएको छ ।

पाहुनाको स्वागतका लागि सडक सरसफाइ, मर्मत आदिको काम सकिएको छ । सडकको खाल्डाखुल्डी पुरी रङरोगन गरिएको छ । बुद्धको जन्मभूमि, सगरमाथाको देश, बिम्स्टेक शान्ति, समृद्धि र विकासका लागि, बिम्स्टेका विशिष्ट पाहुनालाई स्वागतजस्ता नारा द्वारमा लेखिएका छन् । त्यसले सदस्य राष्ट्रबीचको मैत्री सम्बन्ध सुमधुर र जनस्तरको रहेको स्पष्ट गर्दछ ।

अन्ठाउन्न स्वागतद्वार
बिम्स्टेक पाहुनाको स्वागतार्थ काठमाडौँका विभिन्न स्थानमा ५८ वटा स्वागतद्वार बनाइएको छ । नेपालको कला, संस्कृति झल्कने तस्वीर तथा बिम्स्टेक राष्ट्रप्रमुखको तस्वीर राखिएको छ ।

पाँच मिटर अग्ला कलात्मक द्वारमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनाको तस्वीर राखिएको छ । शुरुमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार लन्प्यो छिरिङ वाङचु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाको तस्वीर सजाइएको छ ।

यस्तै ती देशका झण्डासमेत क्रमैसँग राखिएको छ । शहरी विकास मन्त्रालयले तयार पारेको डिजाइनअनुसार काठमाडौँ महानगरपालिकासहित अन्य सरकारी तथा निजी सङ्घसंस्थाको सहयोगमा ती स्वागतद्वार बनाइएको हो ।

पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । फोहर व्यवस्थापन, रङरोगन तथा तस्वीर सजावट लगायतका काम सकिएको र केही बाँकी भए त्योसमेत मङ्गलबार बिहानसम्म पूरा हुने उनको भनाइ छ ।

तीनकुनेमा झाँकी

शिखर सम्मेलनमा आउने विशिष्ट पाहुनाको स्वागतका लागि महानगरपालिकाले तीनकुनेमा नेपालको कलात्मक संस्कृति झल्कने झाँकी प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसका लागि तीनकुनेको तीनवटै कुनामा मञ्च निर्माण गरिएको छ ।

काठमाडौँ उपत्यकाको परम्परागत नेवारी संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ । त्यसका अलावा नेपालको विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसमेत देखाइनेछ प्रवक्ता कार्कीले जानकारी दिए ।

सुरक्षाको पूर्ण तयारी ः गृह मन्त्रालय

शिखर सम्मेलनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राखेर गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ ।मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ‘अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७०’ अनुसार सुरक्षा योजना तयार पारी लागू गरिएको जानकारी दिनुभयो । विमानस्थलदेखि, निवास र भ्रमण गर्ने स्थलको सुरक्षा व्यवस्था गरिएको छ ।

सम्मेलनमा आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवासस्थल पु¥याउन आजै पूर्वअभ्यास समेत गरियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा पूर्वअभ्यास गरिएको हो ।

Advertisement

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले सरकारले निर्धारण गरेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।
रासस

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top