×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा ,घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्थाका साथै हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

११ भाद्र २०७५

विराटनगर,भदौ ११

विराटनगरमा निकालिदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यसवर्षपनि भव्य र धुमधामकाम साथ निकालिने भएको छ । एतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको श्री राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ ।

Advertisement
Advertisement

समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी रथ यात्रा सम्पन्नगर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट आमागी भाद्रं १८ गते निकालिने रथयात्राले मूख्य रुट क्षेत्र साविकका मेनरोड हुदै महेन्द्र चौक,धरानरोड,वरगाछी हुदैे सात किलो मिटिरको रुट यात्रा पुरा गरी पुन मन्दिर परिसरमा आएर रथयात्रा विसर्जन हुने जानकारी दिए ।

रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । यसपटक रथयात्राको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । त्यसैगरी अघिल्लो बर्षजस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने छ । प्रदेश सरकार निर्माण भएसगै यो बर्षको रथ यात्रको उद्घाटन १ नं प्रदेशका मूख्य मन्त्री शेरधन राईले गर्नु हुने कार्यक्रम रहेको छ ।

Advertisement

यसैबीच स्वर्गिय पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित पोखरमल धर्मसंस्कृति पुरस्कार यो बर्ष विराटनगर ३ स्थित परोपकार अभियान समुहलाई प्रदान गरिने भएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको मातहतमा रहेको पुरस्कारको राशी एक लाख १ हजार रुपैया रहेको छ । यो पुरस्कार प्रत्येक वर्ष रथयात्रा निकाल्नु भन्दा अघि विषेश धार्मिक कार्यक्रमको आयोजना गरि वितरण गरिदै आएको छ । विराटनगरमा प्रत्येक बर्ष श्री कृष्ण जन्माष्टमीको भोलि पल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल तथा भारतका भतmजन विराटनगर आउने गर्दछन् । प्रदेश १ सरकारले रथयात्राको दिन प्रदेश १ मा सार्वजनिक विदा समेत दिने भएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top