×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

विद्युत उत्पादनको लक्ष्य पूरा गर्न ३ सरकारी कम्पनीबीच समझदारी हुँदै

११ भाद्र २०७५

काठमाडौं,भदौ ११
सरकारको विद्युत विकासको लक्ष्य पूरा गर्र्न ३ सरकारी कम्पनीबीच सहकार्य हुने भएको छ ।लगानी, विद्युत उत्पादन र प्रसारणको काम गर्न सहकार्य हुन लागेको हो । जलविद्युत लगानी तथा विकास, विद्युत उत्पादन र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबीच समझदारी हुन लागेको छ ।

विद्युत उत्पादन र प्रसारण कम्पनीले अघि बढाएका आयोजनामा लगानी व्यवस्थापन गर्ने गरी समझदारी हुन लागेको जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा हाम्रो लगानी व्यवस्थापनको जिम्मेवारी हुनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसरी काम गर्दा सरकारी लक्ष्य पूरा गर्न सजिलो हुने हाम्रो विश्वास छ ।’

Advertisement
Advertisement

३ वटै कम्पनीका सञ्चालक समितिले समझदारी गर्ने विषय स्वीकृत गरेकाले अब हस्ताक्षरको काममात्र बाँकी रहेको पोखरेलले बताए । उनका अनुसार ढिलोमा अबको एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । विद्युत उत्पादन र प्रसारण कम्पनीले अहिले करिब आधा दर्जन जलविद्युत तथा प्रसारण लाइनका आयोजना अघि बढाइरहेका छन् ।

Advertisement
Advertisement

उता जलविद्युत कम्पनीले अहिलेसम्म निजी क्षेत्रले अघि बढाएका आयोजनामा करिब साढे ९ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको महत्त्वाकांक्षी लक्ष्य राखेको छ । यसका लागि करिब ३४ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । यही लक्ष्यलाई सघाउ पुर्याउनकै लागि ३ कम्पनीबीच सहकार्य हुन लागेको पोखरेलले दोहोर्याए ।(उर्जा खबरबाट)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top