×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

प्रदेश १ को नेतामा देउवा पक्षको लज्जास्पद हार,दलको नेतामा उद्धब थापा निर्वाचित

१५ पुष २०७९

१५ पौष, विराटनगर ।

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा काग्रेस प्रदेश १ का सभापति समेत रहेका समानुपातिक सांसद उद्धब थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए का छन् भने अर्का उम्मेद्वार केदार कार्कीले ९ र अमृत अर्यालले मात्र २ मत पाएका छन् । निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

Advertisement
Advertisement

 

यस्तै कार्की संस्थापन इतर पक्ष (शेखर कोइराला)का हुन् । उनले अपेक्षित नै परिणाम हात पारेका छन् । तर, संस्थापन पक्षकै नेता अर्यालले भने अनपेक्षित मत हात पारे । अझै भन्ने हो भने अर्यालले आफू, प्रस्ताव र समर्थकमध्ये एक जनाको मत पाएनन् ।

 

अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ (राम) थिए । दुवै जना समानुपातिक सांसद हुन् । संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका थिए ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । तर, थापाले भने पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत पाउँदा अर्यालले भने लज्जास्पद हार व्यहोर्नु पर्यो ।

कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो । देउवा समूहले सिटौला समूहलाई सहयोग गर्दा थापाको जित सहज बन्यो भने आफ्नै पक्षका नेता अर्यालको लज्जास्पद पराजय भयो ।

निर्वाचन परिणामपछि समर्थक र प्रस्तावककै मत नआएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ता अन्तर्घात भएको भन्दै आक्रोशित बनेका छन् । परिणामपछि अर्याल कुनै प्रतिक्रिया नदिई निर्वाचनस्थलबाट हिँडेका छन् ।   अर्याल सभापति देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

 

सत्ता समीकरण फेरिनुअघिसम्म प्रदेश १ मा संस्थापन पक्षका सांसदहरू बढी रहेको चर्चा थियो । २९ मध्ये १२ जना संस्थापन पक्षका सांसद देखिएका थिए । निर्वाचनमा विजयी भएका उद्धव थापाको पक्षमा ९ र कोइराला पक्षका केदार कार्कीको पक्षमा ८ सांसद रहेको चर्चा थियो ।

Advertisement

तर, गठबन्धन भत्किएसँगै समीकरण फेरिएर सिटौलाको पक्षमा मत बढेको चुनावी नतिजाले देखाएको छ । दलको नेता बनेका थापालाई देउवाका विश्वास पात्रहरू ज्ञानेन्द्र कार्की र रामेशजंग रायमाझीले काँध हालेका थिए । संस्थापन पक्षका नेताका रूपमा चिनिएका प्रदेश १ का प्रभावशाली नेताहरू रामहरी खतिवडा र विजय गच्छदारले समेत थापालाई सहयोग गर्दा संस्थापन पक्षले लज्जास्पद हार व्यहोर्नुपरेको हो ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top