×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

जनकपुर रोयल्सले निकाल्यो नेपाल टी २० लिगमा पाँचौं जित

१८ पुष २०७९

१८ पौष, काठमाडौं ।

फारवेस्ट युनाइटेडमाथि ८२ रनको सहज जित निकाल्दै जनकपुर रोयल्सले नेपाल टी २० लिगमा पाँचौं जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार १६१ रनको लक्ष्य पच्छ्याएको फारवेस्ट १५।१ ओभरमा ७९ रनमा अलआउट भयो ।

Advertisement
Advertisement

फारवेस्टका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३२ रन बनाए । रसिद खानले अविजित १७, ओपनर भीम सार्कीले १६, देव खनालले १ रन रन जोडे । जनकपुरका लागि समिउल्लाह सेनवारीले सर्वाधिक ३ विकेट लिए, सोमपाल कामी र पवन सरार्फले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १६१ रन बनायो । उसका सन्दीप जोराले सर्वाधिक ५५, कप्तान त्रिभोन ग्रिफ्थले ३२, सराफुद्दिन सरार्फले २०, चडविक वाल्टनले २४ रन र राजेश पुलामीले १६ रन बनाए ।

Advertisement

फारवेस्टका लागि प्रकाश जैशीले घ र भुवन कार्कीले २ विकेट लिए ।जितसँगै जनकपुर रोयल्स ७ खेलमा ५ जित र २ हारसहित १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । फारवेस्ट भने ६ खेलमा १ जित र ५ हारसहित तालिकाको पुछारमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top