सात सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

२० पुस ७९, बिहीबार

२२ पौष, काठमाण्डौ ।
सरकारले एकै पटक सात सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायका सचिवको सरुवा गरेको हो । अर्थ मन्त्रालयका पनि दुई सचिवको हेरफेर गरेको छ ।

अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो । अर्थ मन्त्रालयका सचिवमा आएका तोयम राय अर्थ मन्त्रालयका ‘क्याडर’ नै हुन् । उनीसँग आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ ।

योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । उनी मोरङको प्रमुख जिल्ला अधिकारी भएपछि मन्त्रालयमा पुगेका थिए । त्यस्तै राजस्व सचिवमा आएका राम प्रसाद घिमिरे समेत अर्थ मन्त्रालयकै अनुभवी छन् । योभन्दा अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए ।

Advertisement

यस्तै अर्थ सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । पुष्करलाई जर्नादन शर्माले मन्त्रालयमा ल्याएका थिए । अघिल्ला अर्थमन्त्री शर्माले अर्थ र राजस्व प्रशासनका बारेमा कुनै ज्ञान नभएका कृष्णहरि पुष्करलाई राजस्व हुँदै अर्थसचिव बनाएका थिए। उनी अर्थ र राजस्व प्रशासनका बारेमा ज्ञान थिएन।

शर्माले एसम्यानका रुपमा पुष्करलाई राजस्व सचिवमा ल्याएको कर्मचारी बीचमै चर्चा थियो । बजेट निर्माणमा वाहिरी व्यक्ति सामेल गराएको विषयमा संसदीय छानविन समितिको बयानको क्रममा पुष्करले अर्थमन्त्री शर्माको बचाउ गरेपछि अर्थसचिवमा बढुवा गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिवमा सरुवा भएको छ ।

Advertisement

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने कानून मन्त्रालयका सचिव उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानून सचिवमा सरुवा भएको छ ।

अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.रामप्रसाद घिमिरेको अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा भएको छ भने राजश्व सचिव रामेश्वर दंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top