प्रदेश १ एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्री बन्दै

२४ पौष, विराटनगर ।
शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् ।

माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन । संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आजसम्मको सीमा दिएका थिए ।

सीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने एमालेले बताएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिएका छन् । ‘सत्ता साझेदारी दलहरूको सहभागितामा दाबी पेश गरिने र आफूहरु त्यसको तयारीमा लागिरहेको उनले बताएका छन् ।

माओवादी औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ । हामीले दाबी गरेका हौँ । माओवादीका एक नेताले भने प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने छ । ९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ ।

एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद् छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका थिए । झापाबाट निर्वाचित कार्की यसअघि शेरधन राई मुख्यमन्त्री रहदा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

कार्की मुख्यमन्त्री बन्ने भएपनि अहिलेसम्म कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने छलफलकै चरणमा रहेको बताएका छन् । एमाले नेता कार्कीको नेतृत्वमा सरकार बन्ने निश्चित भएसँगै मन्त्रीका आकांक्षी बढेका छन । एमालेले प्रत्यक्षतर्फ जितेकालाई प्राथमिकता दिने भनिए पनि समानुपातिकबाट सांसद बनेका पनि दौडधुपमा लागेका छन ।

मन्त्री बन्ने लाइनमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका खड्ग बस्नेत, लीलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पीके राई, सुनसरीका रेवती भण्डारी, दोस्रोपटक निर्वाचित धनकुटाका निरन राई, इन्द्रमणि पराजुली र संखुवासभाका विदुर लिङ्थेप रहेका छन् ।

यस्तै समानुपातिकबाट सांस्द बनेका एमालेका महिला नेतृहरु पनि दौडधुपमा रहेका छन् । माओवादीबाट मोरङका जीवन आचार्य, गणेश उप्रेती (शुशिल), तेह्रथुमका दुर्गा चापागाईँ, संखुवासभाका राजेन्द्र कार्की, मोरङकी गीता तिम्सिना दौडमा छन् ।यस्तै आदिवासी जनजातिबाट समेट्दा उदयपुरका नारायण बुर्जा मगर वा सोलुखुम्बुका गम्बु शेर्पामध्ये एक हुने बताइएको छ । यस्तै जसपाकी एक्ली संसद निर्मला लिम्बू पनि मन्त्री बन्ने सूचीमा रहेकी छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top