×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

स्प्रिट खाएर विद्यार्थीको मृत्यु भएपछि सिरहामा हवाई फायर

२४ पुष २०७९

२४ पौष, काठमाण्डौ ।
विद्यालयकी शिक्षिकाले पानी ठानेर दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रेका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नुपरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार प्रहरीले ६ राउन्ड हवाई फायर र ३ राउन्ड आश्रुग्यास प्रहार गरेका छन् । प्रहरीले लाठीचार्ज समेत गरेको बुझिएको छ । प्रहरीको लाठीबाट केही विद्यार्थी र विद्यार्थीको ढुंगामुढाबाट ७ जना प्रहरी समेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा महराको स्प्रिटको सेवनबाट मृत्यु भएको हो ।

उनले पानी मागेपछि शिक्षिका अम्बिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिएकी थिइन् । सो बोतलबाट छात्रा महराले पानी ठानेरै स्प्रिट खाएपछि बेहोस भएकी थिइन् । उनको उपचारको क्रममा कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा हिजो साँझ मृत्यु भएको छ ।

Advertisement
Advertisement

सो घटनाको विरोधमा आज विहानैबाट विद्यार्थीहरू मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा उत्रेका विद्यार्थीहरूले स्कुलमा समेत तोडफोड गरेका छन् । यस्तै प्रहरी कार्यालयमा पनि ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रेको स्थानीयको भनाई छ । डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान गरिरहेको र दोषीमाथि कारबाही गर्ने बताइएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top