फिफाको उत्कृष्ट खेलाडीको मनोनयनबाट रोनाल्डो आउट

Share this
745shares

२९ पौष,एजेन्सी ।
फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा दि बेस्ट अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ। फिफाले बिहिबार राति फिफा बेस्ट मेन्स प्लेयर अवार्डका लागि मनोनयन सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको सूचीमा विभिन्न देश र क्लबका कुल १४ पुरुष खेलाडी अटाएका छन्।

Advertisement

कतारमा सम्पन्न विश्वकपमा उच्च प्रदर्शन गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे दुवै सो सूचीमा परेका छन्। मेसी र एम्बाप्पे दुवैले विश्वकपभर उच्च प्रदर्शन गरेका थिए। दुवैको उच्च प्रदर्शनकै कारण अर्जेन्टिना र फ्रान्स विश्वकपको फाइनलमा पुगेका थिए। विश्वकपको फाइनलमा पनि दुवैको प्रदर्शन हेर्न लायक थियो।

विश्वकप भर मेसीले सात गोल गर्दा एम्बाप्पेले आठ गोल गरेका थिए। एम्बाप्पेले विश्वकपमा गोल्डेन बुट जित्दा मेसी विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। मेसी र एम्बाप्पे दुवै पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि खेल्छन्। सो क्लबबाट यी दुईका अलावा नेयमार र अचराफ हाकिमीको नाम पनि मनोनयनमा परेको छ। यस्तै स्पेनिस महारथी रियल म्याड्रिडका तीन खेलाडीको नाम मनोनयनमा परेको छ।

Advertisement

रियलबाट मनोनित हुनेमा करिम बेन्जेमा, लुका मोड्रिच र भिनिसियस जुनियर रहेका छन्। उता म्यानचेस्टर सिटीका भिनिसियस जुनियर, एर्लिङ हालाण्ड र केभिन डे ब्रुइन मनोनयनमा परेका छन्। लिभरपुलका मोहम्मद सलाह र बायर्न म्युनिखका साडियो माने पनि सो सूचीमा अटाएका छन्।बोरुसिया डर्टमण्डका जुड बेलिङ्घम समेत सो सूचीमा पर्दा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की पनि मनोनित भएका छन्।

फिफाको मनोनयनमा १४ खेलाडीको नाम अटाउँदा क्रिस्टियानो रोनाल्डोको नाम भने छुटेको छ। विश्वकप अगाडी म्यानचेस्टर युनाइटेडका लागि खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। पछि विश्वकपमा पनि रोनाल्डोको प्रदर्शन खास रहन सकेन। सन् २०२२ को अन्त्यमा उनी युरोप छाडेर साउदी अरेबियन क्लब पुगिसकेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top