×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

जिवित शिशुलाई मृत्यु घोषणा प्रकरण: ३ स्वास्थ्यकर्मीलाई काम गर्न रोक

५ माघ २०७९

५ माघ विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ ।

अस्पतालले बिहीबार छानबिन समिति गठन गरेकोले अनुसन्धान नसकिँदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको हो । उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

Advertisement
Advertisement

अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार नै गठन भई छानबिन सुरु भएको छ । समितिमा अन्य दुई जनामा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानबिनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही देखिए कारबाही गरिने उनले बताएका छन् ।

बुधवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेब दोय माझी र अधिकारीको डियुटि रहेका थिए । बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।

डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको छ ।

यस घटनाको छानविन गर्न अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार गठन भएको थियो । समितिमा अन्य दुई जनामा बालभोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेका थिए ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

Advertisement
Advertisement

यता सोही घटनाका विषयमा समाचार संकलन गर्न पुगेका संचारकर्मीमा माथि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मी नारायण यादवले पत्रकार नविन कर्ण र सोनुकुमार दासलाई दुव्र्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन मोरङ र मैथिल संचारकर्मी संघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top