×

NEPAL TIMES UPDATES

Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026

श्रम मन्त्रीले फेरे कुरा, वैदेशिक रोजगारीलाई रोक्न असम्भव

६ माघ २०७९

६ माघ, काठमाण्डौ ।
श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बताएका श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताए ।

Advertisement

उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए। उनले बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बिरमा बदल्न प्रयास गर्ने पनि बताएका छन् ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे । उनले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए ।

उनले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौ त्यसमा सीप हासिल गर्न आवश्यक रहेको बताए । मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीहरुले विधिसंगत रुपमा व्यवसाय चलाउन आग्रह गरे ।

विधिसंगत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्ने उनले बताएका छन् । यसअघि पदवाही गर्दै मन्त्री अर्यालले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’ उनले भनेका थिए ।

मन्त्री अर्याल म्यानपावर व्यवसायसँग जोडिएको भन्दै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्यसको प्रमाण दिए कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । आफूमाथि प्रश्न उठेपछि यसअघि मन्त्री अर्यालले पनि प्रष्टिकरण दिएका थिए ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top