जुम्लामा जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु/ ३ जना बिरामी

८ माघ,काठमाण्डौ ।

जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन्।बिरामी सबै तिल रोकायाको घर बनाउन आएका मिस्त्री थिए। गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।गेडागुडीमा हालिएको जडीबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top