ललितपुरबाट अवैध तथा नक्कली मदिरासहित तीन जना पक्राउ

१५ माघ ७९, आइतबार
Share this
763shares

१५ माघ , काठमाडौं ।

Advertisement

भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ।नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो।उनीहरूले केमिकल हालेर महँगो ब्राण्डको रक्सी बनाउने गरेका पाइएको प्रहरीले बताएको छ।

पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ। खुकरी रम, डबल ब्लाक, जेडी, रुस्लान भोड्का, रेड लेबल लगायत ब्राण्डका रक्सीहरूमा केमिकल हाल्नुका साथै सक्कली रक्सीको स्टिकर उप्काएर अर्कोमा प्रयोग गर्ने  गरेको ,भन्सार छली गरी ल्याइएका रक्सीहरूमा अन्तशुल्कको स्टिकर आफैंले प्रयोग गर्ने गरेका प्रहरीको दाबी छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top