एजेन्सी,भदौ १३
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदको पदकको खडेरी परिरहेको नेपालले १२औं दिने प्याराग्लाइडिङबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ ।
गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक पक्का गरेका हुन् ।
एसियाडमा यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् । रजत जिते नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याउनेछ ।
क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । पाँचौ राउन्डको खेल सकिदा नेपालले ८ हजार ५ सय ९१ अंक जोडेको छ । पहिलो स्थानमा रहेको जापान भन्दा नेपाल ७ सय ६८ अंकले पछि छ । जापानको कुल ९ हजार ३ सय ५९ अंक छ । तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको ८ हजार अंक छ ।
खेलाडीलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । प्याराग्लाइडिङमा पुरषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् ।