एसियाड : प्याराग्लाइडिङबाट नेपाललाई कम्तीमा रजत पदक

१३ भदौ २०७५, बुधबार
Share this
712shares

एजेन्सी,भदौ १३
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदको पदकको खडेरी परिरहेको नेपालले १२औं दिने प्याराग्लाइडिङबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ ।

Advertisement

गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक पक्का गरेका हुन् ।
एसियाडमा यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् । रजत जिते नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याउनेछ ।

क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । पाँचौ राउन्डको खेल सकिदा नेपालले ८ हजार ५ सय ९१ अंक जोडेको छ । पहिलो स्थानमा रहेको जापान भन्दा नेपाल ७ सय ६८ अंकले पछि छ । जापानको कुल ९ हजार ३ सय ५९ अंक छ । तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको ८ हजार अंक छ ।

Advertisement

खेलाडीलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । प्याराग्लाइडिङमा पुरषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top