×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

आफूविरुद्ध प्रदर्शन चर्किएपछि बालेनले किन खोजे प्रधानमन्त्रीको साथ ?

१६ माघ २०७९

१५ माघ, काठमाण्डौ ।
डोजर आतंक मच्चाएको भन्दै आफूविरुद्ध प्रदर्शन सुरु भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्रीसंग गुहार मागेका छन् । पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोध गरिरहेका छन् । निजी सम्पत्तिमा महानगरले क्षति पु¥याएको भन्दै आन्दोलनसमेत भइरहेको छ ।

आइतबार पनि महानगरविरुद्ध विरोध प्रदर्शन भएको थियो । मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खवरदारी गर्न आफूहरु प्रर्दशनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताएका छन् ।

Advertisement
Advertisement

बालेनका योजनामा यसअघि साथ दिदै आएका सायमीले जनताको प्रतिनिधि भएर मेयर शाहले जनताले दुःख दिने काम गरिरहे सैह्य नहुने चेतावनी समेत दिएका छन् । यसरी आफूविरुद्ध विरोध बढ्दै गएपछि मेयर साहले आफू यसअघि असफल भएको सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका छन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए । भेटमा मेयर शाहले महानगरसँग जोडिएका विविध विषमा छलफल गरेका थिए । मेयर शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार भेटघाटका क्रममा बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा पनि छलफल भएको थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने बताएको शाहले बताएका छन् । यसअघि थापाथलीस्थित बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । उक्त बस्ती हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि बालेनले सहयोग गर्न आग्रह गरेका थिए । तर बल प्रयोग गरेर सुकुम्वासी हटाउने महानगरको योजनामा गृहमन्त्रालयले साथ दिन नसकिने जवाफ दिएको थियो ।

Advertisement
Advertisement

औपचारिक रुपमा बालेनले गृहमन्त्रालयलाई पत्र लेख्दै सहयोगको आग्रह गरेका थिए । केही दिन अघि मात्रै पनि बालेन र तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच पनि छलफल भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top