प्रतितोला तीन सयले बढ्यो सुनको मूल्‍य,कतिमा हुदैछ कारोबार?

Share this
819shares

१६ माघ,काठमाडौं ।

Advertisement

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top