कोरोना कमजोर बन्दै, डब्ल्यूएचओ दियो खुशीको खबर

१७ माघ,एजेन्सी ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारी अनुसार आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड–१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेका हुन्।

Advertisement

पछिल्लो समय विश्वका अधिकांश मानिसहरू सामान्य अवस्थामा फर्किएको भन्दै ह्वाइटहाउसले राष्ट्रिय आपतकाल र सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा अन्त्य गर्न लागेको हो। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले जनवरी ३१, २०२० मा पहिलो पटक सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेका थियो। त्यसपछि मार्चमा ट्रम्पले कोभिड–१९ महामारीलाई राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।

सन् २०२१ को जनवरीबाट पदभार ग्रहण गरेका बाइडेनले आपतकालीन अवस्थाहरू बारम्बार विस्तार गर्दै गएका थिए। यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने कोरोनाभाइरस विश्वव्यापी स्वास्थ्य आपतकालिन बनेको तर उच्च स्तरको प्रतिरोधात्मक क्षमताका कारण भाइरस सम्बन्धी मृत्युको जोखिम घटेको बताएका छन् ।

Advertisement

डब्ल्यूएचओको वार्षिक कार्यकारी बोर्ड बैठकको उद्घाटनमा, गेब्रेयससले अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट चरम सीमामा हुँदा एक वर्ष पहिलेको भन्दा अहिले धेरै राम्रो स्थितिमा रहेको बताएका छन् । तर, उनले विगत आठ हप्तामा विश्वभर कोरोना भाइरसका कारण कम्तीमा १ लाख ७० हजार मानिसको ज्यान गएको बताएका छन् ।

गेब्रेयससले भनेका छन्,जोखिम समूहका मानिसहरूलाई पूर्ण रूपमा खोप लगाउनै पर्छ।यससँगै परीक्षण बढाउन, एन्टिभाइरल औषधिको प्रयोग, प्रयोगशाला सञ्जाल बढाउने र महामारीविरुद्ध फैलिएको ‘गलत सूचना’ विरुद्ध लड्नुपर्नेमा जोड दिनुपर्ने उनले बताएका छन् ।

Advertisement

डब्ल्यूएचओ प्रमुखले आगामी वर्ष विश्व नयाँ चरणमा प्रवेश गर्नेमा आशावादी रहेको भन्दै जहाँ अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्यालाई न्यूनतम स्तरमा पु¥याउने बताएका छन् । यसअघि डब्लुएचओले आफ्नो आपतकालीन समितिको विवरण सार्वजनिक गरेको थियो जसमा विश्वमा अहिलेसम्म १३.१ बिलियन डोज कोभिड भ्याक्सिन दिइएको छ ।

डब्ल्यूएचओको एक विज्ञप्ति अनुसार समितिले महामारीको स्थिरता विन्दुमा पुगेको हुनसक्ने मान्यता पाएको छ। विज्ञप्तिमा भनिएको छ कि विश्वव्यापी खोपको उच्च स्तरका कारण यसको प्रभाव कम हुदै गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top