सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : पाँच लगानीकर्ता पनि जेल चलान

Share this
778shares

विराटनगर ः उर्लाबारी मोरङका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पाँच जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement

जिल्ला अदालत मोरङले ‘अपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार ,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान ’ मुद्धाको दोस्रो पुरक अभियोगमा प्रहरी हिरासतमा रहेका पाँच जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको इजलासले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैँया बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम(करिब ३८ क्वीन्टल) अबैध रुपमा सुन आयात गरेको दाबी सहित दायर गरिएको दोस्रो पुरक अभियोगमा संजय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाक उद्धिन, अब्बु सलमान खान भनिने सैयाद अकबर साह र भारतीय नागरिक बिमल पोद्धारलाई पुर्पक्षको लागि कारागार चलानको आदेश दिएको हो ।

Advertisement

उनीहरुलाई बुधबार नै जिल्ला कारागार मोरङ पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top