×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

नेपाली भाषीलाई विदेशी भनेपछि तात्यो सिक्किम

२० माघ २०७९

२० माघ, काठमाण्डौ ।
भारतीय सर्वोच्च अदालतले एक मुद्दाको फैसला गर्ने क्रममा सिक्किममा बसोबास गर्ने नेपालीभाषी भारतीयलाई विदेशी भनेर करार गरेपछि सिक्किमे नेपाली भाषीहरु आन्दोलित भएका छन् । भारतको सत्ताधारी दल दुवैमा आबद्ध सिक्किमे नेता तथा विधायकहरूले एकै स्वरमा विरोध गर्ने मुद्दा भारतीय सर्वोच्च अदालतले सिर्जना गरेको छ ।

Advertisement
Advertisement

भोटे, लेप्चा र नेपाली तीन जातिको प्रमुख थातथलोको रूपमा चिनिएको सिक्किममा बसोबास गर्ने नेपालीलाई किटान गरेर विदेशी भनेपछि आन्दोलन चर्किएको छ । आन्दोलनले अहिले सिक्किमका विभिन्न तह र तप्कालाई छोएको छ । सबै दलहरू यो मुद्दामा एक ठाउँमा उभिएको इस्ट मोजोले उल्लेख गरेको छ ।

आय कर मिनाहाको बारेमा भारतका अन्य क्षेत्रबाट सिक्किममा बसोबास गरिरहेकाहरूको संस्थाबाट भएको मुद्दामा आफ्नो क्षेत्राधिकार भन्दा पर गएर सर्वोच्च अदालतले नेपालीलाई विदेशी करार गरेको थियो । फैसलामा भनिएको छ, ‘सिक्किमका मूलबासीहरू जस्तै भुटिया, लेप्चा र विदेशी मूलका सिक्किममा बसोबास गर्ने जस्तै नेपालीहरू’ ।

यही शब्दमा आपत्ति जनाउँदै सिक्किम आन्दोलित भएको छ । सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्टले त मुख्यमन्त्री पिएस गोलेको राजीनामै मागेको छ । सिक्किम सरकारका एडिसनल एडभोकेट जेनेरल सुदेश जोशीले जनदबाबपछि राजीनामा दिइसकेका छन् ।

यस्तै सिक्किमका स्वास्थ्यमन्त्री डा एमके शर्माले पनि राज्य सरकारले सिक्किमका नेपाली नागरिकको भावनालाई गम्भीरताका साथ लिएको भन्दै सर्वोच्च अदालतमा जारी विवादलाई लिएर राजीनामा दिएका छन् । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (क्प्ः) पार्टीले सिक्किममा रहेका नेपाली समुदायलाई ‘आप्रवासी’ घोषणा गर्ने भारतीय सर्वोच्च अदालतको आयकर छुटको फैसलाको विरोधमा गान्तोकमा शान्ति ¥यालीको आयोजना गरेको थियो ।

सत्तारुढ मोर्चाको विरोधको आह्वानलाई एसकेएमको युवा र महिला शाखाले जवाफ दिएको थियो, जसमा लोकसभा सांसद इन्द्र हाङ सुब्बा र सिक्किम विधान सभाका अध्यक्ष अरुण उप्रेती साथै अन्य मन्त्रीहरू र पार्टी नेताहरू पनि सहभागी थिए।

¥याली पछि सम्बोधन गर्दै एसकेएमका प्रवक्ता ज्याकब खालिङले भनेका थिए, “हामी मात्र होइन, सिक्किमका सबै नेपाली र अन्य समुदायले सर्वोच्च अदालतको अवलोकनलाई स्वीकार गर्दैनन्। राज्य सरकार समीक्षा याचिकामा काम गरिरहेको छ, हामी फेब्रुअरी १३ अघि पेश गर्नेछौं।

Advertisement

विपक्षी दल र नागरिकहरूले भने सर्वाेच्चको फैसलामा सिक्किमे नेपाली समुदायलाई ’आप्रवासी’ ट्यागको रक्षा गर्न असफल भएकोमा सत्तारुढ मोर्चा र यसको अतिरिक्त अधिवक्ता जनरललाई दोष लगाउँदै विरोधलाई ’नाटक’ भनेका छन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top