सुनको भाउ प्रतितोला ५ सय रुपैयाले वृद्धी

२३ माघ ७९, सोमबार
Share this
767shares

२३ माघ ,काठमाडौं ।

Advertisement

सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।गत दुई कारोबार दिन अर्थात् शुक्रबार र आइतबार प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top