थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा

१४ भदौ ७५, बिहीबार
Share this
732shares

काठमाडौँ, भदौ १४
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुगेका छन् ।

Advertisement

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top