×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकार अधिनायकबादतर्फ उन्मुख हुने संकेत देखियो : कमल थापा

१४ भाद्र २०७५

विराटनगर,भदौ १४
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अधिनायकबादतर्फ उन्मुख हुनसक्ने खतराका संकेतहरु देखिन थालेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गंदै थापाले यस्तो बताएका हुन्।

सरकारले प्रशासनलाई आफ्नो हातमा लिएको र आफू अनुकुल कानुनलाई प्रयोगगर्न थालेको दाबी गर्दै उनले सरकारको त्यस्तो गतिविधिले सरकार अधिनायकवाद उन्मुख हुनसक्ने खतराको संकेत देखिएको बताए । तर अहिले नै सर्वसत्ताबाद हाबी भएको भन्न नमिल्ने भएपनि खतरा भने बढेको उनको भनाई थियो ।

Advertisement
Advertisement

थापाले नेपालजस्तो भूराजनितिक, धार्मिक र सामाजिक अवस्था भएको देशमा धर्मनिरपेक्षता,संघीयता र गणतन्त्र देशले धान्न नसक्ने दाबी गर्दै आफूहरुले संबिधानको परिधिभित्र रहेर त्यसलाई परिवर्तन गर्ने प्रयास गरिरहेको बताए । उनले धर्मनिरपेक्षता,गणतन्त्र र संघीयता राजनितिक प्रणाली मात्र भएकाले जनताको अभिमतबाट परिवर्तन गर्नसकिने बताए ।

Advertisement

सबै धर्मलाई समान स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गरिनुका साथै चुनावी राजनितिभन्दा माथि उठेको सबैको साझा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने अध्यक्ष थापाको भनाई छ । थापाले संघीयता भन्दा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली उपयुक्त विकल्प हुने पनि दाबी गरे ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top