अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरेको आरोपमा १ युवक पक्राउ

अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरेको आरोपमा १ युवक पक्राउ

२७ माघ, काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् ।

उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.