एमालेलाई धक्का लाग्न सुरु भयोः माधव नेपाल

२७ माघ ७९, शनिबार

२८ माघ, काठमाण्डौ ।
लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् । पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिएको बताएकी छिन् । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ ।

मुख्यमन्त्री लीला गिरी सरकारलाई पूर्णता दिने कसरतमा छन् । तर मुख्यमन्त्री सरकारलाई पूर्णता दिने कसरतमा जुटिरहेका बेला नै सरकारमा सहभागी मन्त्रीले नै राजीनामा दिन थालेपछि केही सकस देखिएको छ । केसीले राजीनामा दिएपछि मुख्यमन्त्री गिरीलाई सत्ता गठबन्धन मिलाउन सकस भएको छ ।

मन्त्रालय बाँडफाँटमा आफूहरूले गरेको दावी नमिलेको भन्दै लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब राजनीतिक रुपमा एमालेलाई ठूलो धक्का लाग्ने बताए ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सुदूरपश्चिम प्रदेशबाट एमालेलाई धक्का लाग्न सुरु भएको र आफ्नो पार्टी भने मजबुद हुन थालको बताएका छन् । उनले भने, ’अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ । त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।’ नेपालले भने, ‘तपाइँहरूले थाहा पाउनुभएकै छ, सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो।

नयाँ सरकारमा अहिले को को छन? एउटा नेपाली कांग्रेस छ अर्को नेकपा एकीकृत समाजवादी छ।’ उनले नेकपा एकीकृत समाजवादीको अवस्था खत्तम छ भन्नेलाई पनि देखाइदिने दावी पनि गरे । उनले भने, ‘यो पार्टीको हालत खत्तम छ ।

यसको भविष्य नै छैन भनेको होइन? कहाँबाट उदायो ? कहाँबाट देखाप¥यो त्यहाँ?’ यस्तै उनले एमालेका सबै नेताहरु राष्ट्रपति हुन पाउँछु भनेर दंग परेको बताएका छन् । तर ओलीले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने भन्दै कटाक्ष गरे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top