×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?

२९ माघ २०७९

२९ माघ, काठमाण्डौ ।
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा पुन चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रविन्द्र मिश्रले पार्टी छोडेपछि बाँस्कोटा यसअघि पनि अध्यक्ष थिइन् ।

महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महासचिवमा रन्जु दर्शना चयन भएकी छन् । यसअघि पार्टी भित्र विवाद हुँदा साधारण सदस्य समेत नरहेगरी पार्टी परित्याग गरेकी दर्शना महाधिवेशन अघि पार्टीमा सक्रिय भएकी थिइन ।

Advertisement
Advertisement

पार्टी परित्याग गरी स्वतन्त्र रुपमा काठमाडौं ५ बाट उम्मेदवार बनेकी दर्शनाको जमानत नै जफत भएको थियो । यस्तै पाण्डे यसअघि कार्यकारी अधिकारसहित पार्टीको संयोजक रहेका थिए । उनी ततकालीन अध्यक्ष मिश्रसँगको विवादपछि पार्टीबाटै निकालिएका थिए भने आफूलाई आधिकारिकता दावी गर्दै उनी निर्वाचन आयोग र अदालतसम्म पुगेका थिए ।

तर दुवैबाट आधिकारिकता नपाएका पाण्डे पार्टीमा निष्क्रिय बन्दै गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ उम्मेदवार बनेका थिए । उनको पनि जमानत जफत भएको थियो । यस्तै विवेकशीलको सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।

पार्टीमा ५१ केन्द्रीय समिति सदस्य रहने उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए । ‘पदाधिकारी सर्वसम्मत भए पनि केन्द्रीय सदस्यका लागि चुनाव हुने देखिन्छ,’ उनले भने । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुईरदुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ ।

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि आजै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

Advertisement

गत शुक्रबारदेखि विवेकशील साझाको पहिलो महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा भएको थियो । पहिले विवेकशील साझामै भए पनि विभिन्न कारणले पार्टी छाडेकाहरू पनि पुनः पार्टीमै फर्किएर महाधिवेशन गरेका हुन ्। विवेकशील साझालाई वैकल्पिक शक्ति बनाउन आफूहरूले जोड दिने उनीहरूको भनाइ छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top