×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

बीबीसीमा राजस्वको छापा,पत्रकारको फोन खोसियो

२ फाल्गुन २०७९

२ फागुन , एजेन्सी ।
बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतस्थित आयकर विभाग (आईटी) को टोलीले छापा मारेको छ । समाचार अनुसार आईटीका ६० देखि ७० जना सदस्यले बीबीसीको कार्यालयमा छापामारेका हुन् । समाचारअनुसार यो छापाका क्रममा सबै पत्रकार र कर्मचारीको फोन खोसेर बन्द गरिएको थियो ।

साथै छापाका क्रममा कार्यालय परिसरमा कसैलाई आउन जान पनि निषेध गरिएको थियो । बीबीसी इन्डिया व्यस्थापनले छापा मारिएको सूचना लण्डनस्थित केन्द्रीय कार्यालयमा दिएको छ । आयकर विभाग सुत्रका अनुसार, बीबीसीमाथि अन्तराष्ट्रिय कारोबारका क्रममा करमा गडबडी गरेको आरोप छ ।

Advertisement
Advertisement

यसलाई लिएर त्यहाँ छापा मारिएको हो । तर पनि आयकर विभाग र बीबीसीकोतर्फबाट यस छापामारीबारे आधिकारिक कु्नै जानकारी दिइएको छैन । यता प्रमुख प्रतिपक्षी कांग्रेसले ट्वीट गर्दै सरकारको यो कदमलाई आपत्तिजनक भनेको छ ।

बीबीसीको कार्यालयमा छापा मारिएपछि कांग्रेस महासचिव जयराम रमेशले अडानी मामिला छाडेर नरेन्द्र मोदी नेतृत्वको सरकार बीबीसीको पछि लागेको आरोप लगाएका छन् । ’यहाँ हामी अडानी मामिलामा जाँचको माग गरिरहेका छौँ । उता सरकार बीबीसीको पछि लागेको छ ।

विनाशकाले विपरीत बुद्धि’, उनले भनेका छन् । रमेशले मंगलवार केन्द्र सरकार अडाणी–हिन्डनबर्ग मामिलामा जाँच गर्नबाट भागिरहेको बताएका छन् । बीबीसीको कार्यालयमा आयकर विभागको छापालाई लिएर त्रिणमूल कांग्रेसका सांसद महुआ मोइत्राले चकित पार्ने खबर भनेका छन्।

यसअघि बीबीसीले मोदी सरकारमाथि गम्भीर आरोप लगाउँदै एउटा डकुमेन्ट्री बनाएको थियो। सन् २००२ को गुजरात दंगाका क्रममा प्रधानमन्त्री मोदीको नेतृत्वलाई लिएर प्रश्न उठाउँदै केही महिनाअघि बीबीसीले डकुमेन्ट्री ल्याएको थियो।

यो डकुमेन्ट्रीका कारण आक्रोशित मोदी सरकारले त्यसको प्रसारणमा पनि रोक लगाइसकेको छ । मोदी सरकारले डकुमेन्ट्रीको कुनै क्लिप पनि सामाजिक सञ्जालमा सेयर गर्न दिएको थिएन । उक्त डकुमेन्ट्रीले गुजरात दंगामा मोदीको भूमिकाको चर्को आलोचना गरेको थियो ।

सूचना तथा प्रसारण मन्त्रालयले बीबीसी डकुमेन्ट्री ‘इण्डिया ः द मोदी क्वेसन’को पहिलो भागका युट्युब भिडियो र उक्त भिडिओ लिंक गरिएका ५० भन्दा बढी ट्वीट हटाउन निर्देशन दिएको थियो । ती साम्रगीलाई सन् २०२१ को आईटी नियमअन्तर्गत आपतकालीन शक्तिको प्रयोग गरेर ब्लक गर्न भनिएको थियो ।

Advertisement

गत जनवरी १७ मा प्रसारित दुई भागको शृंखलाको वृत्तचित्रको पहिलो भागले राजनीतिज्ञका रूपमा मोदीको प्रारम्भिक वर्ष र सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)मार्फत उनको उदयबारे व्याख्या गरेको थियो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top